१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

प्रदेश १ः १८ जना नयाँ संक्रमित, ५६ जना डिस्चार्ज

प्रदेश १ मा बुधबार संक्रमित संख्याभन्दा डिस्चार्ज हुने संख्या बढी रहेको छ । प्रदेशमा १८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।  

विराटनगरस्थित कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट २१ जना र सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ आइसोलेसन अस्पतालबाट ३६ जना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा विराटनगरकी एक ९० वर्षीय वृद्धा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

९० वर्षीया वृद्धामा पार्किन्सन, उच्च रक्तचाप, मधुमेहको समस्यासमेत रहेको थियो । भर्ना भएको ११ औं दिनमा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको कोभिड उपचार केन्द्रले जनाएको छ ।  

मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र तेर्‍हथुमका १–१ जना डिस्चार्ज भएका छन् । बुधबारसम्म जम्मा ८ सय ८७ जना डिस्चार्ज भइसकेका छन् ।  

त्यसैगरी बुधबार प्रदेश १ मा १३ पुरुष र ५ महिलासहित १८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मोरङ विराटनगरको ४ जना महिला र ६ जना पुरुष, सुनवर्षीमा ३ र धनपालथानमा १ जना पुरुषमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएका छन् । सुनसरीको धरानमा १ जना पुरुष, इलाम नगरपालिका र सुर्योदय नगरपालिकामा समान १–१ जना पुरुष र उदयपुरको त्रियुगामा १ महिलामासमेत संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

प्रदेश १ मा बुधबार मात्रै ६ सय १६ जनाको पिसिआर परीक्षण गरियो । हालसम्म प्रदेशमा एको छ । हालसम्म ४७ हजार ३ सय ८३ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २१ श्रावण २०७७ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App