४ असार २०८३ बिहीबार
image/svg+xml
समाज

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारी संस्था खारेज गरेको छ।

प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो।

भरतपुर महानगरपालिकाका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख रोजी केसीले नियमित रूपमा सहकारी विभागको अनलाइन सफ्टवेयरमा विवरण पेश नगर्ने, लेखा परिक्षण नगर्ने र साधारणसभा नगर्ने सहकारीहरू खारेज गरिएको जानकारी दिए।

महानगरभित्र कुल ३६३ सहकारी संस्था रहेकोमा उक्त सहकारी संस्थाको खारेजपछि अब यहाँ ३३४ सहकारी संस्था रहेका छन्। रासस

प्रकाशित: ४ असार २०८३ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App