५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

बहुविवाह मुद्दाका २ जना ताप्लेजुङ कारागार चलान

बहुविवाह, बालविवाह र जवरजस्ती करणीका १ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान हुँदा बहुविवाह मुद्दामा अदालतबाट सजाय घोषित भएका अर्का १ जना भने जेल चलान भएका छन् । ताप्लेजुङको फुङ्लिङ वडा नं ९ हाङ्देवाको कटहरे बस्ने २३ वर्षीय आयुष बेघा लिम्बू बहुविवाह, बालविवाह र जवरजस्ती करणी मुद्दाको प्रतिवादीको रुपमा पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

आयुषमाथि घरमा जेठी श्रीमती र नाबालिका छोरी हुँदाहुदैं १७ वर्षीया नाबालिकासंग शारीरिक सम्बन्ध र विवाह गरेको अभियोग रहेको छ । जेठी श्रीमतीको जाहेरीका आधारमा निजको कान्छी श्रीमती बनेर आएकी नाबालिकासहित पक्राउ परेका आयुषलाई ताप्लेजुङ अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख(प्रहरी निरीक्षक)मोहन पोखरेलले जानकारी दिए । आयुषसंग दोस्रो विवाह गरेर आएकी १७ वर्षीया बालिका भने ७ हजार रुपैयाँ धरौटीमा छुटेकी छन् ।

यता बहुविवाह मुद्दामा ११ महिना ११ दिन कैद र १० हजार रुपैयाँ जरिवाना ठहर्ने गरी अदालतले गरेको फैसलापछि फरार रहेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ७ सुरुम्खिमका ३३ वर्षीय राजकुमार गौतम अदालतले तोकेको कैद भुक्तानका लागि कारागार चलान भएका छन् । 

उनलाई अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तथा जरिवाना समेत तोकेको थियो । तर, उनी फरार रहेका थिए । झापाको धुलावारीमा लुकीछिपी बसीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलावारीको सहयोगमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १४ श्रावण २०७७ ११:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App