८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

हावाहुरीका कारण अलपत्र परेका २८९ पर्यटकको उद्धार

चितवन राष्ट्रिय निकुञ्जभित्र हावाहुरी र वर्षाका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी गरी २ सय ८९ जना पर्यटकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

शुक्रबार आएको एक्कासि हावाहुरी र पानीका कारण सौराहा घाटदेखि घडियाल प्रजनन केन्द्रसम्मको सफारी रुटमा पर्यटकहरू फसेका थिए।

मौसम खराब भई बाटो अवरुद्ध भएपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणको टोलीले तत्काल उद्धार सुरु गरेको थियो।

सेनाको टोलीले निकुञ्जभित्र अलपत्र परेका सबै पर्यटकलाई सुरक्षित स्थानमा ल्याएको हो। उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको बताइएको छ।                          

प्रकाशित: ७ चैत्र २०८२ २०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App