७ वैशाख २०८१ शुक्रबार
समाज

टीकाटिप्पणी नगर: सर्वोच्च

सर्वोच्च अदालतले न्यायपालिकाप्रतिको जनआस्थामा असर पर्ने गरी सञ्चारमाध्यममा टीकाटिप्पणी भएको भन्दै आपत्ति जनाएको छ । पत्नीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाविरुद्ध सडकमै आन्दोलन भएपछि सर्वोच्चले यस्तो विज्ञप्ति निकालेको हो ।  

‘निश्चित सीमा र मापदण्डभित्र रहेर गरिने स्वस्थ आलोचना र टिप्पणीप्रति अदालत सदैव सकारात्मक छ,’ सर्वोच्चद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाका कामकारबाहीबारे भ्रम सिर्जना हुनेगरी समाचारको प्रवाह र टीकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान जान जरुरी हुन्छ ।’  

साथै, न्यायपालिकाप्रति विश्वस्त हुन, टीकाटिप्पणी नगर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित: १४ श्रावण २०७७ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App