९ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

१० वर्षे बालिकालाई करणी गरेको आरोपमा १४ वर्षे बालक पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा १० वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् । एकै घरमा बस्दै आएका काका पर्ने बालकले बालिकालाई ललाईफकाई पटक–पटक बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् ।

बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार स्वास्थ्य चौकीमा उपचार गराउन जाँदा बालिकाले सो कुरा बताएकी हुन् । बालिकाको साउन १० गते दिउँसो घरमा कोहीपनि नभएको मौका छोपेर बालकले जवरजस्ती करणी गरेका थिए । ति बालिकालाई आमाले छाडेर अन्यत्र गएको ६ वर्ष भयो भने बाबु वैदेशिक रोजगारीमा छन् । 

बालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उमेरहदका कारण बालकको नाम खुलाइएको छैन ।

प्रकाशित: १३ श्रावण २०७७ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App