५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

'आमालाई उपमेयरको कोसेली'

मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्न बैतडीको दशरथचन्द नगरपालिकाले हजार दिनका आमालाई कोसेली दिन थालेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत पोषण सुधारको लागि घिउ, चना, बदाम, काजु, साबुन, झोला लगायतका सामग्री दिन थालेको हो। नगरपालिकाका सबै वडाका करिब ९ सय गर्भवती र हजार दिनेभित्रका आमालाई कोसेली दिन थालिएको उपमेयर मीना चन्दले बताइन्।

सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य संयोजक दुर्गादत्त जोशीले बताए। उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन गर्ने सामग्री दिइएको हो। बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत उक्त कार्यक्रमले आमा र बच्चाको पोषण सुधार हुने अपेक्षा गरिएको मेयर नरेन्द्रसिंह थापाले बताए।

चारपटक गर्भ जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीनपटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेका महिलालाई उपप्रमुखको कोसेली प्रदान गरिएको हो। सुत्केरी भएका महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ। मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फबाट हजार दिने आमालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ।

 उपमेयरको कोसेली कार्यक्रमले संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने उपप्रमुख चन्दले बताइन्।

उपमेयरले घरपायक ठाउँमै आएर पोषणयुक्त कोसेली दिएकाले खुसी लागेको दसरथचन्द नगरपालिका–१० की मन्जु बिष्टले बताइन्। अगामी दिनमा पनि यस्तै पोषण सुधारका कार्यक्रम ग्रामीण क्षेत्रका महिलासम्म पुग्नपर्ने उनको धारणा छ। पोषिलो आहारकै कारण बर्सेनि कुपोषणको शिकार हुने आमा र बच्चाको  स्वास्थ्य सुधारमा उपमेयरको कोसेलीले सहयोग पु¥याउने छ। हजार दिने आमाले घरमै उपलब्ध हुने पोषणयुक्त खानाको बारेमा जानगरुक गराउन नगरपालिकाले यस्ता कार्यक्रम ल्याउन थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिक्रमबहादुर चन्दले बताए।

प्रकाशित: ६ श्रावण २०७७ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App