१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीन दिनपछि खुल्यो बुटवल–पाल्पा सडक

पहिरो झरेको तीन दिनपछि बुटवल–पाल्पा सडक सुचारु भएको छ । सिद्धार्थ राजमार्ग पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान बजार नजिकै सोमबार ५ बजेतिर ठूला ढुङ्गासहितको पहिरो झरेको थियो ।

सडकमा झरेका ठूला ढुङ्गालाई ब्रेकरले काटेर पहिरो पन्छाएपछि दिउँसो एक बजेपछि सडक एकतर्फी सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए । सडक डिभिजन बुटवल र पाल्पाको ब्रेकर र डोजरले दुई दिन लगाएर पहिरो पन्छाएको हो । सडक सुचारु भएपछि तीन दिनदेखि रोकिएका सयौं सवारी साधन गन्तब्य तर्फ लागेका छन् ।

प्रकाशित: ३१ असार २०७७ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App