१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

चितवनको माडीमा खोला तर्ने क्रममा खोलाले बगाएर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो खहरे खोला तर्ने क्रममा बाढीले बगाएका ती युवकको शव शनिबार माडी नगरपालिका ७, हरिनगरमा भेटिएको थियो । बाढीको कारण चितवनमा भएको यो यसवर्षको पहिलो मृत्यु हो ।

यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले शनिबार माडीमा बाढीको अवस्था अवलोकन गरेका छन् । नेकपा अध्यक्ष दाहालले माडी जानुपूर्व भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सीमाक्षेत्र न्यूरेमा नारायणी नदीले गरेको कटान अवलोकन गरेपछि तटबन्धको काम प्रभावकारीरुपमा गर्न निर्देशन दिएका छन् । त्यस क्षेत्रमा नारायणीले चार मिटरसम्म जमिन कटान गरेको छ ।

बाढी प्रभावित क्षेत्र निरीक्षणमा चितवन आएका पूर्वप्रधानमन्त्री दाहाललाई वागमती प्रदेशका सांसदद्वय कृष्ण भूर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनुु दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार लगायतले बाढीको अवस्थाबारे अवगत गराएका थिए । नारायणीले कटान गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा तटबन्धको काम भइरहेको छ ।

प्रकाशित: २७ असार २०७७ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App