प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने काभ्रे घर भएका २० वर्षीय आशिष तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १ सय २९ ट्याब्लेट र नगद १६ हजार ६ सय ३५ रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-६ नारायणटार बस्ने मकवानपुर घर भएका ३० वर्षीय अशोक लामा समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट नियन्त्रित लागूऔषध स्पास्मो ४९ ट्याब्लेट सहित भारत बिजनोर बस्ने ३० वर्षीय जमसेद आलमलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ मनिकापुरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने ३५ वर्षीय किसन बुडाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३० बस्ने २९ वर्षीय कृष्ण आलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.००१ ख ०२२९ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
बाँके, बैजनाथ गाउँपालिका-३ नौवस्ता चौधरिया गाउँबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ नौवस्ता बस्ने ३३ वर्षीय ईन्द्र बहादुर थारू र ४१ वर्षीय धुर्ब कुमार थारू रहेका छन्। इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २८ वर्षीय मिलन कार्की ढोलि, सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय रोहन राजवंशी र सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय मनिष उप्रेती रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, झापा गाउँपालिका-४ बालुबाडी नयाँ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय समिर प्रसाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९८१२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
सुनसरी, कोशी गाउँपालिका-८ चारकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-९ बस्ने २७ वर्षीय श्याम कुमार रजकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भण्टाबरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुर, गोदावरी नगरपालिका-३ शान्तिवनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय उदय तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ८० मिलिग्राम सहित काठमाडौं नागर्जुन नगरपालिका-४ बस्ने खोटाङ घर भएका २० वर्षीय रोहन खत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र. १-०२-००१ ज ४४१८ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २० वैशाख २०८३ १९:०९ आइतबार





