८ वैशाख २०८१ शनिबार
समाज

फेसबुक लाईभ गर्दै आत्महत्या

दाङ तुलसीपुरमा एक किशोरीले फेसबुक लाईभ गरेरै आत्महत्या गरेकी छिन्। तुलसीपुर ५ रानीजरुवा की २३ वर्षीया एलिशा गौतमले वुधवार राती दुई वजेतिर फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेकी हुन्। उनले आत्महत्या गर्दा गीत बजेको समेत भिडियोमा सुनिएको छ। सुरुमा उनले फेसबुक लाईभ गर्दै पटक पटक रुँदै नमस्कार गरेको भिडियोमा देखिएको छ। त्यसपछि उनले पंखामा सलको पासो लगाएर आत्महत्या गरेकी छिन्। 

स्थानीयका अनुसार उनी वुधवार राती घरमा एक्लै थिईन्। २३ वर्षीया  विवाहित किशोरी  तुलसीपुर ५ रानीजरुवा स्थित माईतीघरमा विगत चार/पाँच महिनादेखि बस्दै आएकी थिईन्। उनको माईतीमा रहेका बाबु आमा र दुई बहिनि भारतमा बस्दै आएका थिए। ती किशोरीका आमा बुवा र दुई बहिनी भारतमा बस्दै आएका छन्,’ एक स्थानीयले भने ‘, किशोरी माईतीघरमा एक्लै बस्दै आएकी थिईन्।’ 

उनी विवाहित रहेपनि श्रीमानसंग सम्बन्ध विग्रिसकेको थियो। श्रीमानसंग सम्वन्ध बिच्छेद भएपछि उनी केहि समय काठमाडौँमा बस्दै आएको र झण्डै चार महिना यता माईती घर तुलसीपुरमा आएकी थिईन्। ‘श्रीमानसंग सम्वन्ध बिच्छेद भएपछि उनी  काठमाडौँ बस्न थालेको र चार महिना उनि तुलसीपुर स्थित माईती घरमा आएकी थिईन्,’ स्थानीयले भने।

स्थानीयका अनुसार किशोरीको बुधबार राती विदेशमा रहेका एक युवकसंग फोनमा कुराकानी भएको थियो। उक्त फोन संवाद लगत्तै युवतीले आत्महत्याको निर्णय लिएको आशंका गरिएको छ। विदेशमा रहेका एक व्यक्तिले उनको माईती घरमा डेरा गरि बस्ने एक व्यक्तिलाई पुनः फोन गरेर ति किशोरीको बारेमा सोधपुछ गरेका थिए। 

‘राती फोन गरेको बेला हात काट्छु भन्दै भन्दै थिई, केछ उसको अवस्था भनेर डेरा गरि बस्ने एकजनालाई फोन गरेर सोधेको रहेछ,’ स्थानीयले भने ‘फोनमा विहान पख सोधिएको यो फोन संवादले पनि राती फोनमा विवाद भएको र त्यहि विवादका कारण उनले आत्महत्या गरेको हो कि भन्ने आशंका हामीहरुलाई लागेको छ।’ 

राती गीत बजाउँदै आत्महत्या गर्न थालेको फेसबुक लाईभ गरेकी ति युवतीलाई प्रहरीले उक्त लाइभका आधारमा राती नै खोजी गरेको थियो। तर प्रहरीले उक्त लाईभका आधारमा भेट्टाउन सकेको थिएन। केहिबेर पछि घटनास्थल पत्ता लगाएर प्रहरी पुग्दा ती किशोरीको मृत्यु भैसकेको थियो। विहान उनको शब झुण्डिएकै अवस्थामा फेला परेको थियो। ‘विहान हामीहरु उनको घरमा पुग्दा सम्म पनि मोबाईलमा गीत बजिरहेको थियो,’ स्थानीयले भने।  

यता प्रहरीले भने उक्त घटनाको एकिन कारण अहिले सम्म खुल्न नसकेको जनाएको छ। आँफूहरु अनुसन्धानमै रहेकाले आत्महत्याको एकिन कारण अँझै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी जनक भट्राईले जानकारी दिए। 

प्रकाशित: १८ असार २०७७ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App