१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आरक्षणबाट सरकारी सेवामा २६ हजार प्रवेश

लोकसेवा आयोगले लिएका विभिन्न परीक्षा उत्तीर्ण गरी आरक्षण कोटाबाट हालसम्म २६ हजार बढीले प्रवेश गरेका छन्।

आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार आरक्षण कोटाबाट हालसम्म २६ हजार बढीले सकारी सेवामा प्रवेशको अवसर पाएका छन्। 

आयोगले २०६४ सालदेखि समावेशी समूहका उम्मेदवारबिच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको छ। आव २०८१/८२ मा विभिन्न ६ समावेशी समूहका ८ सय ४९ पदका लागि विज्ञापन गरिएको थियो।

समावेशी विज्ञापनबाट यस अवधिमा १ हजार ५६ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। जसमा महिलातर्फ ३ सय ६५, आदिवासी/जनजातितर्फ २७३, मधेसीतर्फ २३३, दलिततर्फ ९६, अपांगतातर्फ ४६ र पिछडिएको क्षेत्रतर्फ ४३ जना सिफारिस भएका छन्।

आयोगका अनुसार उक्त आवमा हालसम्म समावेशी समूहबाट २६ हजार २ सय ७४ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्।

यो पनि पढ्नुहोस्

लोकसेवाको ४४ पदमा दरखास्त नै परेन

यो पनि पढ्नुहोस्

लोकसेवामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै

यो पनि पढ्नुहोस्

नपढेकाका सन्तति लोकसेवामा अगाडि

प्रकाशित: २३ कार्तिक २०८२ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App