१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

लोकसेवामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै

लोकसेवा आयोगले लिएका विभिन्न परीक्षामा फारम भर्नेमा बाहुन, क्षेत्री नै धेरै रहेको पाइएको छ।

आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले यस्तो देखाएको हो। उक्त आवमा आयोगको परीक्षामा सहभागी हुने फाराम भर्ने उम्मेदवारमा बाहुन, क्षेत्री समुदायका धेरै छन्।

प्रतिवेदन अनुसार फाराम भर्नेमा २३.८ प्रतिशत बाहुन र १८.२५ प्रतिशत क्षेत्री समुदायका छन्। प्रतिवेदनमा उक्त अवधिमा आयोगमा प्राप्त ४ लाख ५९ हजार ८ सय ३४ दरखास्तमध्ये ब्राह्मण (पहाडी), क्षेत्री, थारू, यादव र मगर समुदायको बाहुल्य क्रमशः देखिएको छ।

पञ्जाबी/सिख, लोहोरुङ र विदेशी उल्लेख गरेको जातिको सबैभन्दा कम दुई वटा दरखास्त परेको छ।

यो पनि पढ्नुहोस्

लोकसेवाको ४४ पदमा दरखास्त नै परेन

यो पनि पढ्नुहोस्

नपढेकाका सन्तति लोकसेवामा अगाडि

प्रकाशित: २३ कार्तिक २०८२ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App