४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

अविरल वर्षासँगै  परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु छ। मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का  बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको रहेको प्रहरीले जनाएको छ। सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ । अविरल वर्षाले तरकारी बालिमा असर पारेको स्थानीय किसानको गुनासो  छ। 

प्रकाशित: ११ असार २०७७ ०८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App