१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

एउटै निर्वाचनमा एक पटकभन्दा धेरै मतदान गरे २५ हजार जरिवाना

एउटै निर्वाचनमा एक पटकभन्दा धेरै मतदान गरेको पाइए मतदान गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। 

निर्वाचन आयोगले एउटा निर्वाचनमा एक पटक भन्दा धेरै मतदान नगर्न सचेत गराएको हो। एक पटकभन्दा धेरै मतदान गरेको भेटिए सम्बन्धित मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ।  

निर्वाचनका बेला बुध कब्जा गर्ने, मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान हुने गरेको लगायतका गुनासा सुनेपछि आयोगले यसबारेमा स्पष्ट पारेको हो। 

प्रकाशित: १७ फाल्गुन २०८२ १५:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App