coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुर्पक्षका लागि दुई जनालाई सुधार गृह पठाउन आदेश

रुकुम घटना

घटनामा संलग्न रहेको आरोपमा अदालतबाट जिल्ला प्रहरी कार्यायलयमा लैजाँदै प्रहरी। तस्बिर: नागरिक

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा संलग्नमध्ये दुई जनालाई जिल्ला अदालतले बाल सुधारगृह पठाउने आदेश दिएको छ। रुकुम जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश विद्याराज पौडेलको एकल इजलासले घटनामा संलग्न भनिएका दुई जना नाबालकलाई थप अनुसन्धान तथा पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको हो।  

१८ वर्षमुनिका रहेका दुवै जनाको सोमबार नै लिखित बयान र थुनछेक बहसपछि आएको आदेशले उनीहरूलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश भएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए। बाल सुधार केन्द्रमा पठाउन भनिएकामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरी र अर्का एक बालक छन्।  

जिल्ला अदालतमा आइतबार ३४ जनाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको थियो। उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा जातीय भेदवभाव तथा छुवाछुत कसुर अन्तर्गतको कैद सजाय माग गरेर जिल्ला अदालतमा अभियोग दर्ता भएको छ। पीडितको पक्षबाट उच्च अदालत सुर्खेतका सहन्यायाधिवक्ता धु्रवमणि ज्ञवाली, जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता केशव चपाई र सह न्यायाधिवक्ता विनोद पौडेललगायत सात जनाले बहस गरेका थिए।  

अदालतले बाल गृहमा राख्ने आदेश गरेपछि नजिकको बाल सुधार केन्द्रको खेजी भइरहेको र आवश्यक समन्वय गरेर पठाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसीले जानकारी दिए। हाल उनीहरू दुवैलाई जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको छ।  

चौरजहारीमा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा उनीहरू गत जेठ १३ गते पक्राउ परेका थिए। पक्राउ परेकामध्ये नाबालकलाई धेरै दिन हिरासत राख्न नमिल्ने भएपछि सुधारगृह पठाइने भएको हो। अन्तिम फैसला नआउ“दासम्म उनीहरू अब सुधारगृहमै रहनेछन् भने अनुसन्धान पनि त्यहीँबाट हुनेछ।  

६ जनाको ज्यान जाने गरी भएको उक्त घटनामा संलग्न बा““की ३२ जनाको बयान मंगलबारदेखि हुने जिल्ला अदालतका स्रेस्तेदार बोहराले बताए। नाबालकको हकमा एकै दिन बयान र बहस गरेर आदेश गरिए पनि अरुको हकमा भने बयान सकिएपछि मात्रै थुनछेक बहस हुने र थुनछेक आदेश हुने उनले जानकारी दिए।  

घटनामा संलग्न भएको भन्दै प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, २ नाबालकसमेत गरी २९ जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भनिएका अरू ५ जना अझै फरार छन्।

प्रकाशित: २ असार २०७७ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App