पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका-७ घेरुवाबनगाइमा मंगलबार दिउँसो दुई बस एकआपसमा जुध्दा २४ जना घाइते भएका छन्।
बुटवलबाट दाङतर्फ जाँदै गरेको लु १ ख ९०७७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ९८७६ नम्बरको बस ठोक्किएर सो दुर्घटना भएको हो। घाइतेहरूलाई सामुदायिक अस्पताल पिपरामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
घाइतेको अवस्था खतरामुक्त रहेको र दुर्घटनापछि राजमार्गमा यातायात सञ्चालनमा कुनै अवरोध नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले बताए। दुवै बसका चालक प्रहरी नियन्त्रणमा छन्।
प्रकाशित: ३० असार २०८३ १९:१६ मंगलबार



-600x400.jpg)

