१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अर्घाखाँचीका मृतक पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ

उपचारको क्रममा मृत्यु भएका मालारानी गाउँपालिका वडा नम्बर–४ का पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ।  मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको पिसिआर रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिईन्।  

उनको स्वाब हराएपछी पुनः स्वाब लिईएको थियो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनको नतिजा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।

यो संगै अर्घाखाँचीमा कोरोनाबाट मुत्यु हुनेको संख्या दुई पुगेको छ। यस अघl भुमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुराका कृष्ण बहादुर गैरेको गत जेठ १० गते भारतबाट आउँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उनको पनि स्वाब नतिजा पोजेटिभ आएको थियो।  

थप एक जनामा कोरोना पोजेटिभ देखिएसंगै जिल्लामा संक्रमितको संख्या पनिl थपिएको छ। दुई जना मृतक सहित कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।

 

 

प्रकाशित: २९ जेष्ठ २०७७ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App