७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

वडा कार्यालयमा वडा सदस्यको ताला

वडा कार्यालय बाकाचोलमा लगाइएको ताला । तस्बिर सौजन्य : खेमराज पुरी

भवन निर्माण गर्ने विषयलाई लिएर खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा ताला लगाइएको छ । वडा कार्यालयको भवन निर्माणकाक्रममा वडाध्यक्ष सन्तबीर तामाङले आफूखुसी गरेको भन्दै चार वडा सदस्य एबं असन्तुष्ट स्थानीयले बुधबार वडा कार्यालयमा ताला लगाएका हुन् ।  

वडा कार्यालयको भवन निर्माणका लागि चार वडा सदस्यलाई थाहै नदिइ उपभोक्ता समिति गठन गरिएको, भवन कस्तो बनाउने भन्ने ईन्जिनियरिङ स्टीमेट नबनाइएको, हालसम्म भवन बनाउने जग्गा छनौट नभएको, अघिल्लो योजनामा पदाधिकारी रहेर हालसम्म योजना सञ्चालन गरिरहेका व्यक्तिलाई समेत भवन निर्माण उपभोक्ता समितिमा पदाधिकारी राखिएको भन्दै उनीहरुले वडा कार्यालयमा ताला लगाएका हुन् । भवन निर्माणकाक्रममा भएका कमजोरी नसच्याएसम्म ताला नखुलाइने वडा कार्यालयमा टाँसिएको विज्ञाप्तीमा उल्लेख छ । गाउँपालिकाबाट विनियोजन गरिएको २५ लाख बजेटबाट बाकाचोलमा वडा कार्यालयको भवन निर्माण गर्न लागिएको हो ।  

वडाध्यक्ष तामाङको कार्यशैलीमाथि प्रश्न उठाउँदै गत पुस ७ गते वडासदस्य जयकुमार तामाङले वडा कार्यालयमा लगाएको ताला गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला, उपाध्यक्ष पुष्पकला भुजेल लगायतको उपस्थितिमा सहमतीमा पुस १४ गते खुलाइएको थियो । उसबेला वडाध्यक्षले आफुखुसी गठन गरेका उपभोक्ता समितिलाई सल्लाह र सहमतीमा पुर्नगठन गर्ने, प्रत्येक महिना वडाले दुई पटक बैठक बोलाउने, हरेक ६ महिनामा सामाजिक लेखा परिक्षण गर्ने, कामको प्रगतीका बारेमा जानकारी दिने लगायतका सहमतीमा ताला खुलाइए पनि वडाध्यक्षबाट सहमती कार्यान्वयन नभएकाले पुन: ताला लगाउनु परेको असन्तुष्ट वडा सदस्यहरुले बताएका छन् । पुसमा वडा कार्यालयमा लगाइएको ताला सोही दिन साँझ प्रहरीको सहयोगमा वडाध्यक्षले खोलेपछि वडासदस्य तामाङले स्थानीय समेतको सहभागितामा पुन: ताला लगाएका थिए ।  

बाकाचोलका वडाध्यक्ष सन्तबीर र वडा सदस्य जयकुमार कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । वडाध्यक्षले सुरुका वर्षदेखि नै एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति आफूखुसी गठन गर्ने गरेको, आफ्नो अनूकुल मात्र काम गरेर भूमीका विहिन पारिएकाले ताला लगाउनु परेको वडासदस्य जयकुमारले बताउँदै आएको छ । उनीहरुकै द्धन्द्धका कारण यसपल्ट काठमाडौंमा रहेका लकडाउन पीडितलाई राहत वितरण गर्नेक्रममा समेत समस्या सिर्जना भएको स्थानीयको गुनासो छ । 

प्रकाशित: २८ जेष्ठ २०७७ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App