१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अर्घाखाँचीमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टी

अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिन बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख पुष्पा थापाले जानकारी दिईन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा सन्धिखर्क नगरपालिका वडा नम्बर–६ का १३ जना, वडा नम्बर–७ का १५ जना, पाणिनी गाउँपालिका वडा नम्बर–७ का एक जना, शितगंगा नगरपालिका वडा नम्बर–१० का एक जना र सन्धिखर्क नगरपालिकाका उपमेयरमा गरी ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

यो संगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । यसअघि पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जिल्लामा अहिलेसम्म ३६ जना संक्रमित मध्ये भुमिकास्थानका १ जनाको मृत्यु भईसकेको छ । चार जनाको सन्धिखर्कस्थित हटारिनेटाको आईसोलेशनमा उपचार भएको छ ।

संक्रमितहरु कुन क्वारेन्टिनमा बसेका छन् भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला स्वास्थय कार्यलयले बताएको छ । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App