७ वैशाख २०८१ शुक्रबार
समाज

भोजपुरमा पाँच जनामा कोरोना पुष्टि

भोजपुरमा भारतबाट आएका ५ जनामा कोरोना पुष्टि भएको छ । अरुण गाउँपालिकाको जरायोटारस्थित होल्डिङ एरियामा रहेका षडानन्द नगरपालिकाका ८ र १२ नम्बर वडाका १७, १९, २९ , ३० र ३२ वर्ष उमेरका ५ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।  उनीहरुसँगै स्वाव लिइएको अन्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।  

कामका सिलसिलामा भारत गएका उनिहरुलाई गत १३ गते रुपन्देहीको सुनौली नाकाबाट उद्दार गरेर ल्याईएको थियो । उनिसहित ४० जनाको स्वाव लिएर परिक्षणका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । यो सँगै भोजपुरमा संक्रमितको संख्या ६ पुगेको छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App