१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रुकुम हत्याकाण्डको अनुसन्धान गरियोस्: राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त

जेनेभा स्थित संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तको कार्यालयले रुकुम हत्याकाण्डाको निष्पक्ष छानविन गर्न आग्रह गरेको छ। जेनेभा स्थित कार्यालयकी उच्च आयुक्त बाचलेटले रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेम सम्वन्धको कारण भएको हत्या र यसै गरी कोभिड १९ र लकडाउनको समयमै जातीय विभेदको कारण अन्य घटनाहरु भएको जनाउँदै घटनाको निष्पक्ष छानविन गर्न अनुरोध गरेकी छन्।  

‘ आजको २१ औं शताब्दीमा विश्वमा भइरहेको जातीय विभेदका डरलाग्दा घटनाहरु भइरहेका छन् , यी दुई युवक जसले वाधाको वीचमै जीवन निर्माणको लागि उच्च आशा वोकेका थिए ,तर जन्मकै कारण उनीहरुको जीवन गुमाउनु परेको छ ’ उनले भनिन्।  

‘ जातीय विभेद नेपालमा मात्र नभएर अरु देशहरुमा पनि फैलिरहेको छ,यसले डरलाग्दा तथा गम्भिर हानि पुर्याभइरहेको छ, र कतिपयले जीवन गुमाउनु परेको छ’ जातीय विभेदको अन्त्य दीगो विकास लक्ष्यको आधारभुत उद्देश्य हो, जति वेला यसको कुनै अवशेष नरहोस्’ उनले भनिन्।  

जाजरकोटका दलित युवक नवराज विक उनका साथीहरु सहित पश्चिम रुकुममा आफ्नी प्रेमिका लिन जाँदा ५ जनाको हत्या भएको थियो।  

नेपालको नयाँ संविधानले जातीय छुवाछुत तथा विभदेको अन्त्यको व्यवस्था गरेको छ। ‘ नेपालले जातीय विभेदको अत्यको लागि लामो समयदेखि संघर्ष चलिरहेको भएपनि संविधान विपरित जातीय विभेदका हिंसा भइरहेका छन्’ उनले भनेकी छन्। कोभिड १९ र लकडाउनको  अवसर पारी दलित समुदाय माथि बिभिन्न प्रकारका हिंसा बढिरहेको संघले जनाएको छ।  

 

 

प्रकाशित: १७ जेष्ठ २०७७ १४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App