coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टिन बनाउने भएपछि विद्यालय नै भत्काइयो

कोरोना भाइरस(कोभिड १९)बाट बच्नका लागि प्रयाः सबै ठाउँबाट जिल्ला बाहिर तथा विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्ने गरिएको छ। गाउँ नजिकै रहेका विद्यालयमा ती क्वारेन्टिन निर्माण गरिएको छ। थोरै लगानीमा क्वारेन्टिन निर्माण गर्न सकिने भएकाले विद्यालयलाई नै क्वारेन्टिनको रूपमा प्रयोग गरिँदै आएको पाइन्छ। जाजरकोटको भारतबाट आएकालाई विद्यालयको भवनमा राख्न थालेको भन्दै स्थानीयले विद्यालय भवन नै भत्काइदिएका छन्।  

कोरोना संक्रमण रोक्नका लागि भेरी नगरपालिकाको निर्णयानुसार भारतलगायतका मुलुकबाट गाउँ फर्केकालाई विद्यालयमा क्वारेन्टिन बनाई राख्न आवश्यक तयारी थालिएपछि भेरी नगरपालिका– ६ कृष्ण मन्दिरमा रहेको  कृष्ण आधारभूत विद्यालय भवन केही शिक्षक र स्थानीयले भत्काइदिएको प्रहरीले जानकारी दिएको छ।

भारतबाट आएकालाई गाउँ नजिक राख्दा कोरोना सर्ने भन्दै स्थानीय लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कार्यरत शिक्षक जयबहादुर शाहीलगायतका केही स्थानीयले विद्यालय भवन पूरै भत्काइदिएको वडा अध्यक्ष शशी बुढाले जानकारी दिए।

वस्ती भएको स्थानमा क्वारेन्टिन बनाएर कोरोना सार्न लागेको भन्दै उनीहरुले हातहतियारसहित आएर विद्यालयको छानो र पर्खाल सबै भत्काइदिएको उनले बताए। अधिकांश गाउँलेको सहमति, वडास्तरीय कोरोना रोकथाम समितिको निर्णय र नगरकार्यपालिकाको निर्देशनअनुसार आफूहरुले  उक्त विद्यालयलाई क्वारेन्टिन बनाई गाउँ फर्केका स्थानीयलाई राख्न खोज्दा शिक्षक शाहीको नेतृत्वमा स्थानीयले विद्यालय भवन नै भत्काइदिएपछि अहिले समस्या भएको वडाध्यक्ष बुढाको भनाइ छ।  

विद्यालय भवन भत्किएपछि विभिन्न ठाउँबाट गाउँ फर्केकालाई व्यवस्थापन गर्न समस्या परेको उनले बताए। विद्यालय भत्काएकोबारे सोधपुछ गर्न खोज्दा उनीहरुले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएको वडाध्यक्ष बुढाले बताए।

विद्यालयको भवन भत्काउने र महाविपत्तीको बेला स्थानीय सरकारको काममा अवरोध गर्नेलाई कारबाही गरिने भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बेलामा स्थानीय सरकारलाई असहयोग गर्ने र सार्वजनिक सम्पत्तिको क्षति गरि विद्यालय भवन भत्काउने र क्वारेन्टिन बनाउन अवरोध गर्ने जो सुकै भए पनि कारबाही गरिने उनको भनाइ छ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App