१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रसुवामा निर्माण भएको क्वारेन्टिनः जहाँ बाहिरबाट आएका मान्छे राखिँदैन

रसुवामा २ सय १० शैयाको क्वारेन्टिन निर्माण भएको छ। निर्माण हुने समयमा कुन क्वारेन्टिन राम्रो भन्ने विषयमा सेल्फी खिचेर सामाजिक सञ्जालमा हालेर प्रचार गरिएको थियो। तर, बुधबार भारतबाट आएका उत्तरगया गाउँपालिका–५, बनुवाका गणेश आचार्यलाई गाउँपालिकाहरूले क्वारेन्टिनमा राख्न मानेनन्।  

सुरुमा उत्तरगया गाउँपालिकाले इन्कार गरेपछि अन्य गाउँपालिकामा राख्न खोजिएको थियो। तर आफ्नै गाउँपालिकामा राख्न पर्ने भन्दै अन्य गाउँपालिकाले राख्न मानेनन्। उनको घरबाट नजिकै पर्ने प्रतिनिधि सभाका सदस्य मोहन आचार्यको घरमा भएको क्वारेन्टिनमा आरडिटी परीक्षण नगरि राख्न नसकिने बताएपछि उनी आफ्नै घरमा निर्माण भएको कुखुराको खोरमा बस्न बाध्य भए।  एक दिन तारुका बसेर घर आएका उनलाई क्वारेन्टिनमा नराखेर खोरमा राखेको भन्दै तिब्र बिरोध भएपछि राति नै जीवजीवे ग्रामीण अस्पताल लगियो। र आरडिटी परीक्षण गरिएको छ। उनको राति १२ बजे आरडिटी परीक्षण गरिएको र अहिले क्वारेन्टिनमा राखिएको अस्पतालका हेल्थ असिष्टेन्ट उत्सव पौडेलले बताए। ‘प्रोटोकल अनुसार बाहिरबाट आएको व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राखेर १५ औं दिनमा आरडिटी परीक्षण गर्न पर्ने हो’, उनले भने, ‘आउनासाथ आरडिटी गरिएको यो पहिलो घटना हो।’

उनलाई गाउँपालिकाले त्यहाँ निर्माण भएका दुवै क्वारेन्टाइनमा नराख्ने भएपछि सदरमुकाम धुन्चेमा निर्माण गरिएको क्वारेन्टाइनमा ल्याउन लागिएको थियो। माथिल्लो क्षेत्रमा बिरोध भएसँगै आफ्नै क्षेत्रमा राख्न दबाब गएपछि उनलाई दिनभरी नै कता लैजाने भन्ने अन्योलका बीच एम्बुलेन्समा घुमाइयो।  उनलाई धुन्चेमा राख्ने भन्दै कालिकास्थानसम्म ल्याइएको थियो। जुन सदरमुकाम धुन्चेबाट २४ किलोमिटर दक्षिणमा पर्छ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App