पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। सबैभन्दा बढी वर्षा चितवन जिल्लाको माडी कल्यानपुर मौसम मापन केन्द्रमा रेकर्ड भएको छ।
मौसम मापन केन्द्रका अनुसार माडी कल्यानपुरमा पछिल्लो २४ घण्टामा २२२.४ मिलिमिटर वर्षा भएको छ।
चितवनको नारायणी नदी र रिउ खोलाले खतराको तह पार गरेको छ। मौसम मापन केन्द्रका अनुसार अहिले नारायणीको पानीको बहाब ९.९२ पुगेको छ। ९ मिटर भन्दा माथि पुगेमा खतराको तह मानिन्छ। यस्तै माडीको रिउको पानीको सतह ४.७९ मिटर माथि पुगेको छ। यसको खतराको तह ३.८० मिटर मानिन्छ।
यसैगरी मधेश प्रदेशसँगै गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको जनाइएको छ।
त्यस्तै, कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ।
पछिल्लो वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय तथा होचा भू-भागमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
प्रकाशित: ११ आश्विन २०८३ ०७:२१ आइतबार





