१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश २ मा ४५ जना कोरोना संक्रमित थपिए

सिरहमा दुई सुरक्षाकर्मी संक्रमित

बुधबार प्रदेश २ मा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिरहामा २, रौतहटमा ३५ र बारमा ८ गरी यस प्रदेशमा ४५ जना थपिएसँगै संक्रमितको संख्या ३२३ पुगेको छ ।  

सिरहामा कार्यरत सुरक्षकर्मी बाहिर जिल्लाका हुन । उनको ठेगाना खुलाइएको छैन । जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवकाअनुसार संक्रमित सुरक्षाकर्मीलाई आइसोलेसनमा पठाउने तयारी भैरहेको छ ।

रौतहटमा ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै यस जिल्लमा संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेकाअनुसार २८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र ७ जनाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

गढीमाई नगरपालिकाका मेयर श्याम यादवका अनुसार चन्द्रपुर नगरपालिकामा चार वटा नगरपालिकाले सञ्चालन गरेको एकीकृत क्वारेन्टिनका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै हाम्रै नगरपालिकाका हुन, मेयर यादवले भने । गौर नगरपालिकामा ८ जना संक्रमित पनि यसै क्वारेन्टिनका हुन ।

ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको प्रजिअ घमिरेले बताए । संक्रमित सबै भारतबाट फर्केक नेपालीहरु हुन ।  

चार दिनमा ८३ जना मानिसमा संक्रमण पुष्टि भएसँगै रौटहत कोरोनके हटस्पट बनेको छ । प्रजिअ घिमिरेका अनुसार करिब १२ सय स्वाब संकलन भएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । अब यहाँ दैनिक संक्रमित भेटिन्छन उनले भने,‘ एक हजार भन्दा बढी मानिस संक्रमित हुन सक्ने हाम्रो आकलन छ ।  

पछिल्लो समय भारतबाट फर्किरहेका अधिकांश नेपाली नागरिकमा संक्रमण पुष्टि भैरहेको छ ।’ मंगलबार मात्रै रौतहटका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी बाराका ८ जनामा पनि संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । स्वाब संकलन र परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या थपिने क्रम बढेको प्रजिअ पण्डितले भने । 

प्रकाशित: १४ जेष्ठ २०७७ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App