१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुल्मीमा गाँउपालिकाका अध्यक्षलाई देखियो संक्रमण

गुल्मीमा एक जना जनप्रतिनिधिमा पनि कोरोना भाइसरको संक्रमण देखिएको छ। धुर्कोट गाँउपालिकाका अध्यक्ष  भुपाल पोख्रेल सहित अर्का एक जनामा कोरोना संक्रमण रहेको सोमबार साँझै पुष्टि भएको हो। कोरोना संक्रमण देखिएपछि गाँउपालिकाका अध्यक्ष पोख्रेलले अहिले आँफु घरमै क्वारेन्टिनमा बसेको र कुनै स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल जाने बताएका छन। अर्का एक जना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका दृघ रोगी रहेको र उनको उपचार भइरहेको गाँउपालिकाकाले जनाएको छ। गाँउपालिकका अध्यक्ष पोख्रेलले आफु जिल्ला सदरमुकाम तथा पालिकामै कोरोनाको जोखीम न्युनीकराणकालागि भएका छलफल तथा बैठकमा सहभागी भएको बताएका छन्।  उनी पालिकाका विभिन्न क्वारेन्टिन व्यवस्थापनमा समेत खटिएका थिए।  

यसअघि छिमेकी गाँउपालिकामा कोरोना देखिएपछि धुर्कोटमा  पनि जनप्रतिनिधि सहितको आरडिटि टेष्ट गरीएको थियो। आरडिटि रिर्पोट पोजेटिभ देखिएका अर्का एक जना जनप्रतिनिधिको भने पिसीआर रिर्पोट आइसकेको छैन।  

जनप्रतिनिधिमै कोरोना संक्रमण देखिए पछि उनको सम्पर्कमा रहेका सुरक्षा निकायका प्रमुख,जिल्ला प्रशासन तथा स्वास्थ्य कार्यालयका प्रमुख सहित कर्मचारी गरी ४४ जनाको थ्रेट स्वाब संकनल गरी परिक्षणकालागि पठाउने तयारीमा रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। अध्यक्षको  सम्पर्कमा आएका सबैलाई खबर गरी सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरीएको पनि गाँउपालिकाले जनाएको छ। धुर्कोट गाँउपालिकाको केन्द्र रहेको वरपर सिल गरीएको छ।  

यससगै गुल्मीका संक्रमितको सख्या ४ पुगेको छ। यसअघि  अर्घाखाँचीको पाणिनीमा पनि दुई जना संक्रमित भेटिएपछि त्यहाँपनि कन्ट्रयाक्ट ट्रेसिग सुरु गरीएको छ। जिल्ला बाहिर नगएका वा कोरोनाकालागि सहयोगी ट्राभल हिष्ट्रि नभएकाहरुमा नै संक्रमण देखिएको भन्दै स्वास्थ्यका अधिकारीहरुले कोरोना समुदायमै फैलीसकेको हुन सक्ने आशंका गर्न थालेका छन्।  

प्रदेश नं ५ मा अहिले सम्म संक्रमितको सख्या २ सय ९५ पुगेको छ। सबैभन्दा धेरै बाँकेमा १४७,कपिलबस्तुमा ८५,रुपन्देहीमा ४४, बर्दियामा ७,नवलपरासीमा ५ जना दाङमा ५  जना गल्मीमा  ४ र अर्घाखाँचीमा २ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। प्रदेशका पहाडी जिल्ला पाल्पा,प्युठान,रोल्पा,रुकुममा अहिले सम्म संक्रमित भेटिएका छैनन । संक्रमित मध्ये ३३ जना उपचार पछि निको भएर घर फर्कीएका छन्।

 

प्रकाशित: १३ जेष्ठ २०७७ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App