१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिलो स्वास्थ्यकर्मी संक्रमित स्टाफ नर्स डिस्चार्ज

कपिलवस्तुमा ११ जना संक्रमित निकै भई घर फर्के

पहिलो स्वाथ्यकर्मीकारुपमा कोरोना संक्रमित भएकी कपिलवस्तु अस्पतालकी स्टार्फ नर्सले कोरोनालाई परास्त गरी घर फर्केकी छिन्। यससंगै कपिलवस्तुमा कोरोनालाई जितेर घर फर्कनेका संख्या ११ पुगको छ । शनिबार राति कपिलवस्तु नगरपालिका, मयादेबी र यशोधरा गाउपालिकाका तीन तीन र बुद्धभुमी नगरपालिकाका एक गरी कुल १० जना बुटवल स्थित कोरोना बिशेष अस्पतालबाट कोरोनलाई पराजित गर्दै घर फर्किसकेका छन्। 

संक्रमित पुष्टि भएपछि दुई पटक गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि नर्सलाई घर फर्काएको हो । गत वैशाख २९ गते देखि अस्पतालको आईसोलनेमा स्वस्थ्यकर्मीको निग्रानी रहेकी २५ वर्षीया नर्स सोमवार बिहान घर फर्ककी हुन्। नर्सलाई अस्पताल प्रशासनले स्वास्थय जिवनको कामना समेत गरेको अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले बताए । संक्रमित  भएपछि  जेठ १ गते र ४ गतेको स्वाबको पिसिआर जाँचको  रिपोर्ट नेगेटिभ आएको थियो । फर्किएकी नर्सलाई केही दिन होम क्वारेन्टाइनमा बस्ने सुझाव दिदै अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टर क्षेत्रीले बताए । संक्रमति हुदा निराश बनेकी स्टाफ नर्स खुसी हुदै घर फर्केकी छिन्।  

आत्मविश्वास, स्वास्थय प्रति सचेत भए कोरोनालाई जित्न सकिने डाक्टर क्षेत्रीले बताए । यधपी स्टाप नर्सलाई कसबाट कोरोना सरेको भन्ने अझै यकिन हुन सकेको छैन्। नर्स संक्रमित भएपछि अस्पताल र नर्सको परिवार गरी १ सय ११ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि केही दिन बन्द रहेको अस्पताल समेत संचालनमा आएको छ । 

उता कपिलवस्तुको तौलिहवा स्थित तिलौराकोट क्याफे एन्ड रेस्टुरेन्टको आइसुलसेन सेन्टरमा रहेका संक्रमित चार सुरक्षाकर्मी र एक कर्मचारी समेत केही दिन मै डिस्जार्ज हुनेक्रममा रहेको प्रजिअ दीर्घनारयाण पौडेलले बताए । कपिलवस्तुमा ८० संक्रमित मध्ये ११ जना निको भई घर फकेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७७ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App