१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

देशभरका आधा जिल्लामा फैलियो कोराना

 तराईका जिल्लाहरुमा फैलिएको कोरोना संक्रमण पछिल्लो समयमा पहाडी तथा नयाँ जिल्लामा संक्रमण हुने क्रम  बढ्न थालेको छ। मंगलबारसम्म ३६ जिल्लामा पुगेको संक्रमण बुधवारको दिन ३८ जिल्लामा पुगेको छ। 

बुधबार थप २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित ४ सय ४७ पुगेका छन्। ती मध्येमा ३ सय ५८ जना पुरुष र ६९ जना महिला रहेका छन्।  

यी मध्येमा बुधवार नै  ४५  जना निको भइसकेका छन्। बुधवार कोशी प्रादेशिक अस्पतालमा उपचारर्थ ८ जनामा कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि २९ देखि ३१ दिनभित्रको अस्पताल बसाइपछि निको भएका हुन्। मंगलबार कुल संक्रमित संख्या ४ सय २ थियो। बुधवार नयाँ संक्रमित हुनेहरुमा कपिलवस्तुका १३ जना छन्।ती मध्येमा बिजयनगर क्वारेनटाइनका ४  पुरुष,महाराजगंज क्वारेनटाइनमा रहेका ३ वालिका,३ महिला र तीन पुरुष  रहेका छन्। वुधबार नै धनकुटामा ५ जना संक्रमित भएका हुन्। ती मध्येमा ४ जना पुरुष र एक महिला छन्। सोही दिन नै वाँकेमा ६ जना पुरुष संक्रमित भएका हुन्। संक्रमित हुनेहरुमा तीन वर्षदेखि ४८ वर्षभित्रका रहेका छन्। ती मध्येमा ७ जना महिला र १८ जना पुरुष रहेका छन्।  

त्यसै गरी देशभरिमा २३ हजार २ सय २ जना क्वारेनटाइनमा रहेका छन्। यी मध्येमा सबै भन्दा बढी प्रदेश पाँचमा १४ हजार २ सय ६२ जना क्वारेनटाइनमा रहेका छन्। कोभिड १९ को  तथा वेभपेजमा स्वयं स्वास्थ्य मूल्याकंन गरेका मध्येमा १५ जना कोरोना संक्रमणको रातो सूचीमा परेका छन्।  

कुल संक्रमित मध्येमा सवै भन्दा बढी प्रदेश पाँचमा  १ सय ९६ जना संक्रमित छन् भने त्यसपछि प्रदेश २ मा १ सय ३६ जना संक्रमित रहेका छन्। प्रदेश १ मा  ५९ जना, वागमती प्रदेशमा २६ जना, गण्डकीमा ४ जना ,कर्णालीमा १ र सुदुरपश्चिम प्रदेशमा ५ रहेका छन्।  

बढ्दो संक्रमण तराईका जिल्ला हुँदै पहाडी जिल्लामा समेत फैलिने क्रम बढेको र यो थप बढ्ने स्थिति रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। डा. देवकोटाका अनुसार भारतबाट लकडाउनकै अवधिमा नेपाल आएकाहरु नेपालका पहाडी जिल्लाका रहेको हुनाले यो विस्तारै पहाडी जिल्लामा पुग्ने स्थितिमा रहेको छ। बढी भारतीय रोजगारीमा जाने  पश्चिम तथा सुदुरपश्चिममा जिल्लाहरुमा परीक्षण गर्नको लागि मन्त्रालयले  तयारी गरिसकेको छ। परीक्षणसँगै ती जिल्लाहरुमा भएको संक्रमणको अवस्था थाहा हुने बताए।  

अहिलेको अवस्थामा सरकारले तयारी गरेको कोभिड १९ हव अस्पताल तथा सेटलाइट अस्पतालले धान्न सक्ने स्थिति रहेको बताए। ठूलो संख्यामा संक्रमित भएको अवस्थामा भने मन्त्रायलयले वैकल्पिक तयारी गर्ने लक्ष्य लिएको उनले बताए ।

*जेठ ८ गतेको नागरिक दैनिकको पहिलो पेज र अनलाइन संस्करणमा प्रकाशित ‘कोरोना संक्रमण ३८ जिल्लामा’ शीर्षकको समाचारमा ओखलढुंगा नभई भुल हुन गएकोमा सच्याएका छौं। -सम्पादक

प्रकाशित: ७ जेष्ठ २०७७ १७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App