१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धमाधम कालोपत्रे हुँदै पुष्पलाल राजमार्ग

राष्ट्रिय गौरवको योजना

पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्र्तगत पश्चिम खण्डको रुकुमकोट–पातिहाल्ने सडकमा कालोपत्रे गर्दै । तस्बिर : नागरिक

राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख, रुकुम पूर्व र जाजरकोटमा धमाधम कालोपत्रेको काम भइरहेको छ । जटिल परिस्थितीमा पनि योजना कार्यालयले रुकुम पूर्व तथा दैलेख जिल्लाका प्रशासन कायालयसंग अनुमती लिई स्थानीय निकायहरुसँगको समन्वयमा सडक स्तरउन्तीको काम थालिएको हो ।

सरकारले तोकेको मापदण्डअनुसार पूर्ण सजकता अपनाई योजनाको कामहरु थालिएको योजना कार्यालय दैलेखले जनाएको छ । रुकुमकोट–पातिहाल्ने सडक खण्डमा कालोपत्रे गर्ने काम दु्रत गतिमा भईरहेको छ । त्यस्तै रुकुमकोट – खोपीचौर सडक खण्ड चौडा गर्नेका भईरहेको पुष्पलाल .(मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख नारायण न्यूउरेले बताए ।  

त्यस्तै रुकुमकै रेलीखोला पुलको एप्रोच स्लाब निर्माण गर्ने कामहरु भईरहेको जनाईएको छ । दैलेखको रावतकोट –पादुका सडक खण्डमा पनि ग्रावेल तथा कालोपत्रेको लागि वेसकोर्स निर्माण गर्ने कार्यहरू जारी भईरहेको योजना कार्यालयले जनाएको छ । स्थानीय प्रशासनबाट अनुमती लिई सिमित कामदारहरु मार्फत योजनाको काम निर्माण कम्पनीहरुले गरिरहेको योजनाका सुचना अधिकारी तुलाराम शर्माले बताए । यो अवधीमा १५ किलोमिटर हुनुपर्ने कालोपत्रे ४ किलोमिटर भईसकेको र दैलेखमा हुनुपर्ने १३ किलोमिटर बेसकोर्स निर्माणको काम ३ किलोमिटर सम्पन्न भएको योजना प्रमुख न्यूउरेले बताए ।

योजना स्थलमा रहेको श्रोतसाधन परिचालन गरेर काम गर्न सकिने अवस्थामा रहेको साइटको कामहरु भईरहेको योजना प्रमुख न्यूउरेले जानकारी दिए । ‘दैलेख, रुकुम र जाजरकोट खण्डमा मेशिनबाट हुन कामहरु प्राथमिकता दिएर गरेका छौं ।’ योजना प्रमुख न्यूउरेले भने, वर्षातअघि सक्नुपर्ने पुल लगायतका कामहरु अनुमती लिएर काम गरिरहेका छौं ।’ त्यस्तै जाजरकोट र दैलेख पश्चिममा रहेका अन्य साइटका योजनाको काम सामान्य गतिमा भइरहेको उनले बताए । योजनाले स्थानीय प्रशासन र स्थानीय सरकारसंग समन्वय गरेर उपलब्ध श्रोत साधान सहित मानविय शक्ति प्रयोग गरेर काम थालनी भईरहेको जनाएको छ । अहिले काम नभएर वर्षातले ठुलो क्षती गर्नसक्ने ठाउँमा कामलाई प्राथमिकता दिईएको योजना सुचना अधिकारी शर्माले बताए ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपास स्थानीयले निर्माण कार्यको विवाद गरेका छन् । उनीहरुले स्पष्ट जग्गा कति लिने र मुआब्जा विषयमा विवाद हुँदा दैलेख सदरमुकाममा कहाँबाट लैजाने भन्ने बारे अँझै विरोध भईरहेको जनाईएको छ । अन्य स्थानमा योजनाले काम गरिरहेको छ । २०७७ सालभित्र विवादित ठाउँबाहेक अन्य स्थानमा कालोपत्रे गरिसक्ने गरि ठेक्का मार्फत कामहरु भईरहेका छन् । दैलेखमा तिन वटा निर्माण कम्पनीले चार वटा ठेक्का मार्फत काम गरेका हुन् ।

 

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ १०:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App