१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिमाटीका दुई प्रहरीलाई कोरोना संक्रमण, वृत्त सिल गरियो

कालिमाटी प्रहरीका दुई जवानलाई कोरोना संक्रमण भएको छ। मंगलवार पुष्टि भएका काठमाडौं उपत्यकाका तीन जना मध्येमा कालीमाटी प्रहरी वृत्तमा डियुटीमा खटिएका एक सई र एक प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको हो।  

यो अवधिमा उनीहरु उपत्यका बाहिर गएको अवस्था समेत नरहेको वृत्तका डिएसपी रुगम कुँवरले नागरिकलाई जानकारी दिए। घटना लगत्तै वृत्त शिल गरिएको छ। चार दिन अघि वृत्तवाट परीक्षण भएका २० जना मध्येमा २ को पोजिटिभ देखिएको हो।  

परीक्षणपछि पनि प्रहरी डियुटीमै खटिएको हुँदा अन्य धेरै जना संक्रमित भइसकेको हुन सक्ने डिएसपी कुंवरले बताए। वृत्तमासंगै बसेका अन्य १ सय ६० जनाको परीक्षण गर्न  बाँकी रहेकोले अन्य थप प्रहरीमा सक्रमण भइसकेको हुन सक्ने उनको अनुमान छ।  

उनीहरु सबैको परीक्षण गर्ने तयारी भइरहेको छ। कुंवरका अनुसार कालीमाटी  वृत्तभित्र हात धुने र सेनिटाइजरको समेत राम्रो व्यवस्था भएपनि कालीमाटी क्षेत्र तथा उपत्यकाका बिभिन्न ठाउँमा डियुटीमा खटिने क्रममा संक्रमण भएको उनले बताए। कालीमाटीमा देशभरिबाट आउने ढुवानी, तरकारी, भारतको महाराष्टबाट आउने फलफूल तथा अन्य सामाग्री भण्डारण तथा वितरण गर्ने केन्द्र भएकोले यहाँ दैनिक १ लाख जनाको आवात – आवात जावात हुने कारण कालीमाटी क्षेत्र कोरोनाको लागि उच्च जोखिम क्षेत्र बनेको उनले बताए। 

पहिलो पटक बृत्तका प्रहरीमा देखिए पनि अन्य वृत्तमा समेत संक्रमण भइसकेको हुन सक्ने र चार दिनपछि मात्र रिपोर्ट आउनाले त्यो अवधिमा अन्यलाई पनि कोरोना सरिसकेको हुन सक्ने कुवंरले बताए। प्रहरी समुह अत्यन्तै मोबाइल भइरहनु पर्ने भएको अरुमा पनि संक्रमण हुने हुनाले सरकारले समयमै धेरैको संख्यामा वृत्तहरुमा परीक्षण गर्नु पर्नै सुझाव दिए। ‘सवै  वृत्तमा संक्रमण भयो भने शिल गरेर साध्य हुँदैन, सरकारले समयमै परीक्षण गरिहाल्नु पर्छ’ उनले भने। 

प्रकाशित: ७ जेष्ठ २०७७ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App