१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा थपिए ११ संक्रमित

प्रदेश १ मा मंगलबार ११ जना कोभिड १९ संक्रमित थपिएका छन्। झापाका ९ जना र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। त्यसमध्ये १७ जना उपचारपछि घर फर्केका छन्। झापाको कचनकवल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ। कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो।  

सोमबार कचनकवलकै एक जनामा संक्रमण देखिएको थियो। उनकै सम्पर्कमा रहेका थप नौ जनामा संक्रमण देखिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। त्यस्तै सुनसरीको इटहरीका एक जना युवक र एक जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। धरानस्थित वीपी कोइराला प्रतिष्ठानमा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

 

प्रकाशित: ६ जेष्ठ २०७७ ०५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App