१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर गाउँ फर्किएकाहरु क्वारेन्टिनमा

भिमसेन थापा गाउँपालिका ८ को क्वारेन्टिन ।

गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टिनमा राखिएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आईतबार साँझ गाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टिनमा राखिएको वडा अध्यक्ष बासु थापाले बताए ।  

केहीदिन अघि त्रिवि शिक्षण अस्पतालमा प्रशुती भएकि महिलाको कोरोना भाइरसको कारण मृत्यु भएपछि गाउँमा त्रास बढ्ने भएकाले सुरक्षाका लागि क्वारेन्टिनमा राखिएको हो । जागेश्वर माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा रहेका उनीहरुलाई खाने ब्यवस्था वडा कार्यालयले गरेको भिमसेन थापा गाउँ कार्यपालिका सदस्य सरिता भट्टले बताईन । गाउँपालिका र स्वास्थ्य कार्यालयको समन्वयमा उनीहरुको पिसिआर परीक्षण गर्ने तयारी भएको छ । निमोनिया भएर उपचार गराउन गएका उनीहरु एक सातापछि घर फर्केका थिए ।  

बैशाख २५ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर प्रशुती गराएकी शहिदलखन गाउँपालिका ९ नाम्जुङकी एक महिला गाउँ फर्किएपछि त्रास बढेको छ । सुत्केरी महिलासहित उनको सम्पर्कमा रहेकाहरुको पिसिआर परीक्षण मंगलबार गर्ने तयारी गरिएको वडा अध्यक्ष रामप्रसाद लामिछानेले बताए । उनीहरु आफ्नै घरमा बसिरहेका छन् ।  

 

 

 

 

प्रकाशित: ५ जेष्ठ २०७७ ०६:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App