८ वैशाख २०८१ शनिबार
समाज

भारतबाट स्वदेश फिर्ता हुने क्रम जारी

भारतबाट आउदै गरेका नेपालीहरु । तस्बिर : ईश्वरी अधिकारी

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनले भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने क्रम जारी रहेको छ ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय तहहरुसँग समन्वय गरेर भारतमा रोकि २१ दिन क्वारेन्टाईन भएका केही नेपालीहरुलाई शुक्रबार साझ स्वदेश ल्याएको हो ।

स्थानीय तहले क्वारेन्टाईनको व्यवस्थापन गरेसँगै भारतको सुनौली र नौतनवामा रहेका नेपाली नागरिकहरुलाई बेलहियाबाट साझ रुपन्देहीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा ल्याइएको छ  । भारतीय क्वारेन्टाईनमा बसेका र अन्य गरी सो संख्यामा नेपालीहरुलाई नेपाल भित्र्याइएको छ , जसमध्ये १ सय ०८ जनालाई बुटवल उपमहानगरपालिकाले के एन आइ टी मा,  १ सय ५ जनालाई कंचन, र २६ जनालाई सिद्धार्थनगरको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरिक्षक ईश्वरी अधिकारीले बताए । 

उनीहरुलाई स्थानीय तहको समन्वयमा प्रतिनिधीहरु सहित सिमाबाट उद्वार गरी नेपाल ल्याइएको छ । भारतीय प्रहरीका अनुसार भारत तर्फ अझै एक हजार बढि नेपाली नागरिकहरु रहेका छन । क्वारेन्टाईनको ब्यवस्थापन हुन नसक्दा अहिलेलाई सबैलाई ल्याउन प्रशासनले सकिरहेको छैन ।  

शुक्रबार भारतको नौतनवामा रहेको मोडर्न एकेडमीका ८२, होली क्रसका १ सय ३१ रक्वारेन्टाइन गरिएको प्रमाण पत्रधारी २६ जनालाई स्वदेश ल्याइएको सशस्त्र प्रहरी बल ३८ नं. गुल्मका सशस्त्र प्रहरी नायब उपरिक्षक मान बहादुर शाहीले जानकारी दिए ।  उद्वार गरिएका सबै नेपालीको स्वाब संकलन क्वारेन्टाईनमै बिहीबारबाट हुने स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए । स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले  क्वारेन्टाईनमा गएर स्वाब संकलन गर्नेछ, रिपोर्ट नआउँदा सम्मका लागि उनीहरुलाई नेपाल स्थित क्वारेनटाईनमा बस्नु पर्नेछ ।

शुक्रबार आएका मध्ये अधिकांश  गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देही लगायत जिल्लाका रहेका छन । उनीहरुको स्वाब नमुना संकलन गरी रिर्पोट नआउदा सम्मका लागि क्वारेन्टिनमा राखिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले नागरिक न्युजलाई बताए ।  

बुधबार पनि ४ सय ९५ जनालाई स्वदेश आएका थिए । उनीहरु मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाले शंकरनगर सारदा उच्च मा बि र मधवलिया मा बि मा र २ सय ६४ जनालाई सिद्धार्थनगर नगरपालिकाले भैरहवा नमुना उच्च मावि  तथा रुपन्देही लिलाराम माविले व्यवस्थापन गरिरहेको छ । क्वारेन्टाइन भएका मध्ये परिक्षण नेगेटिभ आए उनीहरु सम्बन्धित स्थानीय तहको समन्व्यमा पठाइने छ ।

प्रकाशित: ३ जेष्ठ २०७७ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App