coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फौजी किराले खेतीपाती सखाप

अर्घाखाँची- फौजी किराले मकैबाली र तरकारी खेती सखाप पार्न थालेपछि शितगंगा नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् । केही दिन यता फैलिएको फौजी किराको प्रकोपले मकै, तरकारी लगायतका बाली नष्ट पार्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् ।  

शितगंगा नगरपालिका–७, ८, ९ र ११ मा किराले मकै बाली सखाप बनाएको छ भने तरकारी खेतीमा पनि क्षती पुर्‍याएको छ । एक हजार हेक्टर बढी क्षेत्रफलमा लगाएको मकैबाली र तरकारी खेतीमा फौजी किरा लागेको हो ।  

किसानहरुको गुनासो बढेपछि नगरपालिकाको कृषि शाखाबाट अनुगमन गरी विवरण संकलन गरिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले बताए । नगरपालीकाको कृषि शाखाको टोलीले फौजी किराको प्रकोप देखिएका वडामा केही किटनाशक औषधि छर्किएको र कृषकलाई फौजी किरा नियन्त्रणको घरेलु विधीका बारे जानकारी समेत दिएको गौतमको भनाई छ ।  

स्थानीय स्तरमा पर्याप्त मात्रामा औषधि नभएको र अनुगमन टोलीले ल्याएको रिपोर्टका आधारमा औषधि खरीद गरेर छर्कने योजना बनाएको नगरपालिकाका नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

प्रकाशित: १ जेष्ठ २०७७ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App