१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सीमा मिचेको विरोध गर्ने ५ जना नियन्त्रणमा (अपडेट)

भोजपुर सदरमुकामको जिरोप्वाईन्ट स्थित सीमा मिचेको विरोधगर्दे प्रदर्शनकारी ।

भोजपुर- नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षिय युवा समूहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने केहि प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रक्राउ पश्चात जिल्ला प्रहरी कार्यालय लगिएको उनिहरुलाई नेपाल पत्रकार महासंघको रोहवरमा केहिपछि छाडिएको हो ।  

पक्राउ पर्नेमा सोही समूहका संयोजक गोपाल मोक्तान, पर्शुराम तिवारी, फविन्द्र प्रधान, कमलजंग बस्नेत र पावीहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार भोजपुर सदरमुकामको जिरोप्वाईन्टस्थित सो समूहले ‘अतिक्रमण गरेको मातृभूमि फिर्ता गर, कालापनी, लिपुलेक हाम्रो हो’ भन्ने नारासहित विरोध प्रदर्शन गरेका थिए ।

देशको सीमा बचाउ अभियानमा लागेका उनीहरुलाई सरकारले बलपूर्वक पक्राउ गरेको आरोप लगाएका छन् । शान्तिपूर्वक विरोध प्रदर्शन गर्दा पनि प्रहरीले बलपूर्वक पक्राउ गरेको संयोजक गोपाल मोक्तानले आरोप लगाए ।

यता प्रहरीले उनीहरुलाई लकडाउनको अवज्ञा गर्दै सरकार विरोधी प्रदर्शन गरेकाले नियन्त्रणमा लिएको बताएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर पाण्डव राजवंशीले भने, ‘लकडाउन र सरकार विरोधी गतिविधी गर्नुभएकोले गृहमन्त्रालयको निर्देशन पालना गर्न उहाँहरुलाई नियन्त्रणमा लिएका हौ । ’  


 

प्रकाशित: ३१ वैशाख २०७७ ०९:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App