२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

‘किटानी जाहेरी नलिँदा कानूनी राज्यको उपहास’

खोटाङ– समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियन खोटाङले जनता समाजवादी पार्टीका नेता एबं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरणका तीन जना आरोपितविरुद्धको मुद्दा प्रहरी र सरकारी वकिलको कार्यालयले दर्ता गर्न अस्वीकार गरेर कानूनी राज्यको उपहास गरेको जनाएका छन् ।

डा. यादवको अपहरणमा संलग्न भनिएका आरोपित प्रतिनिधिसभा सदस्यद्धय महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको किटानी जाहेरी महानगरिय प्रहरी कार्यालय टेकु र काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलले दर्ता गर्न अस्वीकार गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी यूनियनले बिहीबार प्रेस विज्ञाप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

प्रतिनिधिसभा सदस्यद्धय बस्नेत, श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खनाल डा. यादवको अपहरणमा संलग्न हुनु र प्रधानमन्त्री केपी ओलीको दवावमा किटानी जाहेरी लिन अस्वीकार गरिनुले लोकतन्त्रको बर्खिलाफ भएको युंवा संगठन र विद्यार्थी संगठनले बताएका छन् । ‘राज्यका अत्यन्त जिम्मेवार व्यक्तिहरु प्रतिनिधिसभा सदस्यद्धय महेश बस्नेत, किसान श्रेष्ठ र प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरेको घट्नाले सम्पूर्ण देशबासीलाई अचम्मित बनाएको छ । त्यस जघन्य घटनाप्रति घोर भत्र्सना गर्दछौँ,’ समाजवादी युवा संघका जिल्ला उपाध्यक्ष देवान राई र समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष रोशन राईले जारी गरेको विज्ञाप्तीमा भनिएको छ, ‘डा. यादव किटानी जाहेरी दिन जाँदा प्रहरी र सरकारी वकिलको कार्यालयले प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा मुद्धा दर्ता नगरेर लोकतन्त्रको बर्खिलाफ गरेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

डा. यादवको अहरण गरिएको घटनाले साधारण नागरिकको सुरक्षा व्यवस्थाप्रति राज्य गम्भीर हुनुको सट्टा आफै अपहरणमा संलग्न भएको देखिएको तथा अपहरणकारीलाई उन्मुक्ती दिन सरकारले नै प्रश्रय दिएको विज्ञाप्तीमा उल्लेख छ । कानुनी राज्यको उपहास गरी सरकार आफैले संविधानको खिल्ली उँडाएको भन्दै युवा र विद्यार्थी संगठनले डा. यादवको किटानी जाहेरी सम्बन्धित निकायले तत्काल लिएर सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाही गर्न सरकार समक्ष माग गरेका छन् ।

 

प्रकाशित: १८ वैशाख २०७७ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App