७ वैशाख २०८१ शुक्रबार
समाज

रामेछापमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

रामेछाप- जिल्लाको खाडादेवी गाउँपालिका-१ राकाथुमको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सुर्यविनायकबाट दोरम्बाका लागि मान्छे लिएर हिडेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा दोरम्बा गाउँपालिका २ की २५ वर्षिया संगिता पहरी रहेको र अर्का एक मृतकको पहिचान हुन बाँकी रहेको बताइएको छ। उनीहरूकाे उपचारका क्रममा मृत्यु भएकाे हाे। दुर्घटनामा परी केही गम्भीर घाइते बनेका छन्।

क्षमता भन्दा बढी मान्छे लिएर आएको बोलेरो सडकबाट करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए। सपोर्ट रडमा समस्या आएका कारण दुर्घटना भएको चालकले बताएको पौडेलले जानकारी दिए। दुर्घटना कारण अनुसन्धानपछि पत्ता लाग्ने उनले बताए।

घटना लगत्तै घाइतेहरुको ५ वटा एम्बुलेन्सले २७ जनालाई काभ्रेको धुलिखेल अस्पताल पठाइएको र सामान्य अवस्थाका ३ जनाको भने लभुघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बोलेरो चालक भने प्रहरी नियन्त्रणमा रहेका छन्। घाइतेहरुको नाम नामेशी उतार्ने काम भइरहेको प्रहरीले जनाएको छ।

जीप लकडाउनका कारण घर आउन लागेका मानिस बोकेर रामेछाप आउदै गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये उपचारका क्रममा कोही हताहत भएको समेत बताइएको छ।

 

 

प्रकाशित: १८ चैत्र २०७६ ०८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App