१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली मतदाता भेटघाटमा व्यस्त

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनैभरी दमकका मुख्य चौकहरूमा आयोजना गरिएका विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन्।

दमक नगरपालिका अन्तर्गतका मुख्य चौकमा आयोजना गरिएका कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार आज बिहान ११ बजे दमक ५ को यलम्बर चौकमा आयोजना गरिएको भेटघाट कार्यक्रममा सहभागी रहने छन्। त्यस लगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शंखधर चौकमा स्थानीयसँग भेटघाट कार्यक्रम तय गरिएको छ।

यसरी नै दिउँसो १ बजे दमक ७ मा रहेको तविन चौकमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। त्यस लगत्तै दिउँसो २ बजे दमकको वडा १ स्थित हावल्दार चौकमा आयोजित भेटघाटमा पुग्ने छन्। अपरान्ह ३ बजे दमक २ स्थित दमक फन पार्कमा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। आजै बेलुका ४ बजे दमक ३ स्थित आमचौकमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका अन्य पालिकामा स्थानीयसँगको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका अध्यक्ष ओलीले दमक नगरपालिकाका स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। भेटघाटको क्रममा जनताका समस्या, गुनासा सुन्ने र सम्बोधन गर्न सकिने विषयमा पहल गर्ने योजना रहेको छ। जनतासँग गरिएको भेटघाटबाट अध्यक्ष ओलीसँग धेरै आशा भरोसा र अपेक्षा रहेको बताएका छन्। 

स्थानीयले आफ्नै चौक चौकमा आएका ओलीसँग भेटघाट संवादबाट उत्साहित भएको प्रतिक्रिया दिने गरेका छन्। अध्यक्ष ओली हिजो झापा आएपछि नै विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त छन्।

प्रकाशित: ४ फाल्गुन २०८२ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App