१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नेपाली भू–भागमा गाडिएका सीमा पिलर खारेजीको माग

महेन्द्रनगर - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेलडाँडीले नेपाली भू–भागमा निर्माण भएका सीमा पिलर खारेज गर्न माग राखेकाे छ। नेकपा बेलडाँडी गाउँकमिटिको बैठकले (नेपाल–भारत) संयुक्त सीमा सर्वे टोलीले निर्माण गरिएको सीमा पिलरको काम रोक्न निर्णय गरेको हो।

बैठकले नेपाली भू–भागमा गाडिएका सीमा पिलर हटाउन माग अघि सारेको छ। नेकपा बेलडाँडीका इन्चार्ज अक्कल बहादुर बिष्टले बेलडाँडी गाउँपालिका ३, ४ र ५ नम्बर वडा क्षेत्रमा जोडिएको सीमानामा भईरहेको सर्वेको काम विवादास्पद भएकाले यथाशिघ्र काम रोक्न बैठकले निर्णय गरेको  बताए। ‘उक्त क्षेत्रमा वि.सं. २०२४ सालदेखि नै बसोबास थियो, नेपाली नागरिकसंग लालपुर्जा पनि छन।’ इन्चार्ज बिष्टले भने, ‘अहिले आएर तिनै नेपालीका जमिनमा सीमा पिलर गाडिदैंछन।’

नेपाली भूमिमा सीमा पिलर गाडिएको विषयमा नेकपा बेलडाँडीको घोर भन्र्सना एव बिरोध जनाउँदै नेपाली नागरिकले भोकचलन गर्दै आएको जमिनमा नयाँ पिलर निर्माण नगर्न समेत माग अघि सारेको छ।

स्थानीय, प्रदेश र संघीय सरकारलाई माग अघि सारेको  उनले जानकारी गराए। तीनै सरकारले सीमा समस्या कुटनीतिक ढङ्गबाट समाधान गर्न नेकपा बेलडाँडीले सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App