मुगु - हिमाली जिल्ला मुगुमा कृषकहरुलाई स्याउका विरुवा काँटछाँट गर्ने चटारो सुरु भएको छ। हिउँदको समयमा स्याउका विरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदमा स्याउका बोट काँटछाँट गर्ने गरेका हुन्।
हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्य देखिएका हाँगा विगाहरु काट्नु पर्ने भएकाले स्याउ किसान स्याउ बोट बिरुवाको काँटछाँटको चटारो देखिन्छन्। स्याउका विरुवा काँटछाँट नगरेमा बोट पनि अस्वभाविक हुने , बढी फलेर साना दाना लाग्ने, धमिरा जस्ता किरा लाग्ने तथा अन्य रोगको प्रकोप समेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैचामा रहेको बोट बिरुवाको अनिवार्य काँटछाँट गर्नु पर्ने कृषि विज्ञहरु बताउछन्।
बिगतकका वर्षहरुमा जिल्ला कृषि बिकास कार्यालयको समन्वयमा कृषकहरुको स्याउको विरुवा काँटछाँट गर्न प्राविधिक खटाइने गरेको भए पनी यो वर्ष प्राविधिक खटाएइएको छैन। किसानहरुले आफै प्राविधिक खोजी स्याउ बिरुवाका काँटछाट गर्ने गरेका जिल्ला कृषि बिकास कार्यलय मुगुले जनाएको छ।
बिगतमा स्याउ काँटछाट लगायत अन्य काम गर्न बजेट आउने र काम गर्न पनी सजिलो हुन्थ्यो। सघीय संरचनासंगै काम गर्ने शैली फेरिएको छ। किसानहरुको हितमा काम गर्ने कृषि कार्यलयमा सडक को काम गर्नु पर्ने बाध्यता रहेको र जिल्ला कृषि बिकास कार्यलयबाट किसानहरुले पाउने बिउँ बिजन औषधि पनि संघिय संरचनापछि पाउन छाडेका जिल्ला कृषि विकास कार्यलय मुगुका प्रमुख केवि रोकायाले बताए।
अहिले समयमा नै हिमपात भएकाले स्याउको उत्पादनमा वृृद्धि हुने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाभर स्याउको उत्पादन १५ मेट्रिक टन भएकोमा आर्थिक वर्ष २०७५/०७६ मा ३५ मेट्रिक टन स्याउ मात्र उत्पादन भएको थियो। यो बर्ष पनि समयमै हिमपात भएको छ।
स्याउ फुल फुलेर दाना लाग्ने बेला असिना पानी नपरे वर्ष पनि स्याउको उत्पादन राम्रै हुने जिल्ला कृषि विकास कार्यलय मुगुले जनाएको। मुगु जिल्लाका स्याउ पकेट क्षेत्र जिल्लाका ताल्चा, बाम, रोवा , खमाले, सेरी , श्रीकोट लगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिएको छ।
प्रकाशित: १९ माघ २०७६ १०:२७ आइतबार