७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
खेल

तेक्वान्दोको टोली आज मङ्गोलिया जाँदै

नवौँ एसियाली तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन दुई  खेलाडीसहित तीन सदस्यीय नेपाली टोली आज (शनिबार) मङ्गोलियाको उलन्बटार प्रस्थान गर्ने भएको छ।

जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको उक्त प्रतियोगिताअन्तर्गत पुरुषमा युवराज रानामगर र महिलामा स्वस्तिका तामाङले एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा कविराज खड्गी छन्।

खड्गीका अनुसार शीर्ष सात स्थानमा पर्न सके एसिायली खेलकुदका लागि खेलाडी छनोट हुनेछन्। टोलीलाई नेपाल तेक्वान्दो महासङ्घका महासचिव हेमन्त डाँगी, तेक्वान्दोका मुख्य प्रशिक्षक पूर्ण योञ्जनलगायतले शुक्रबार सफलताको शुभकामना दिँदै एक कार्यक्रमबीच बिदाइ गरेका छन्।

प्रतियोगिता यही जेठ ५ र ६ गते हुनेछ।

प्रकाशित: २ जेष्ठ २०८३ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App