१६ चैत्र २०८० शुक्रबार
समाज

लापरवाहीले दुर्घटना

रोल्पा - आइतवार रोल्पाको त्रिवेणी गाउँपालिका–४ हृवापखोलामा यात्रुवाहक जिप दुर्घटना हुँदा माडी गाउँपालिका–१ तुसारपानीका ३७ वर्षका मनसुर वलीको ज्यान ज्यान गयो। मे १ ज १९१५ नम्बरको जीप दाङको तुलसीपुरदेखि माडीको घोर्नेटी आउँदै थियो। क्षमताभन्दा अत्याधिक बढी सामान र यात्रु राखिएकाले उक्त दुर्घटना भएको स्थानीय प्रहरीले बताएको छ।

दाङका बिभिन्न प्रहरी चौकी र सल्यान कपुरकोटको प्रहरी समेतको चेक जाच पास हुँदै रोल्पा छिरेको उक्त जिपको यात्रु क्षमता ५/७ जना रहेको छ। १५ जना यात्रु र करिब १५ क्वीन्टर सिमेन्ट र मलखाद बोकेको उक्त जिपले भार थाम्न नसकेपछि पल्टिएको हो। सामान्य चिप्लो सडकमा अत्याधिक भारका कारण जिप पल्टिएको हुन सक्ने स्थानिय एक प्रहरी बताए।

सोहि गाडिमा सवार यात्रु नोखिराम घर्तीका अनुसार दाङको तुलसीपुरमा अन्य यात्रुले धेरै सामान नराख्न अनुरोध गर्दा गाडी चालक रिसाएका थिए। आफुले टिकट काटेर जिपमा चढेका मृतक मनसुर वलीलाई सिम्पानी भन्ने स्थानमा चालकले महिलालाई बस्न दिनका लागि झुण्डीएर यात्रा गर्न पठाएका थिए। यात्रु झुण्डिए तिरै गाडी पल्टीपछि च्यापिएर मनसुरको मृत्यु भएको हो।

त्यसो त रोल्पाका अधिकांस सवारी साधनहरुमा क्षमता भन्दा अत्याधिक भार राख्ने गरेको पाइन्छ। प्रहरीको चेक प्वाईन्ट नेर यात्रुको हुल पैदल अगाडि जान्छन र अलि पर पुगेपछि छतमा र भित्र कोचाकोच यात्रुलाई राखिन्छ। पैदल हिडेर गएकाहरु यात्रुनै हुन भन्ने बुझेको स्थानिय प्रहरीले कहिल्यै सोध खोज गर्ने गर्दैन।

रोल्पा प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङ प्रहरीले ध्यान नदिएको स्वीकार गर्दैनन्। ‘प्रहरीको चेकिङ हुने ठाउँमा यात्रुहरु झरेर सय दुईसय मिटर पर सम्म पैदल जान्छन, आखा छल्ने गर्छन। अलि पर गए भने फेरी गाडीमा हुलिन्छन। यात्रुले आफै केयर गर्दिए हुने।’ गुरुङले भने ‘अझै चेक जाच बढाउछौ।’

रोल्पामा पछिल्लो समय सवारी साधन दुर्घटना बढ्न थालेको छ। गाउँ गाउँमा भर्खरै खुलेका अब्यबस्थीत सडकमा बिना अनुमति सवारी साधन संचालन भइरहका छन। अत्याधिक भार र तिब्र गतिका कारण जिल्लामा दुर्घटना बढिरहेको हो। यहाँ स्थानीयहरु प्रहरीले गतिलो भुमिका ननिभाएका कारण दुर्घटना बढि भइरहेको गुनासो गर्छन।

प्रकाशित: ७ माघ २०७६ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App