२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

अपडेट: जेन-जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो

काठमाडौंमा १८, इटहरी २ को ज्यान गयो

देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।  

काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको हो । दुई सय ५६ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।  

जेन जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएकामध्ये तीन जनाको परिचय खुलेको छ ।  

जसमा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ तथा कीर्तिपुर निवासी ४२ वर्षका बुद्धि तामाङ रहेको प्रहरीले जनाएको छ ।  

जेनजी प्रदर्शनका काठमाडौंका विभिन्न अस्पतालमा उपचाररतमध्ये १८ जना तथा इटहरीमा २ सहित अहिलेसम्म २० जनाले ज्यान गुमाएका छन् । 

प्रकाशित: २३ भाद्र २०८२ १९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App