१५ चैत्र २०८० बिहीबार
समाज

भालुको आक्रमणबाट दुई प्रहरी घाइते

रसुवा- रसुवामा भालुको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्। आक्रमणबाट जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत दुई जना प्रहरी घाइते भएका हुन्।

खानेपानी पाइप मर्मतका लागि जंगल गएका जिल्लाको नौकुण्ड गाउँपालिका–४ का ३१ वर्षीय सहायक हवलदार बिर बहादुर थिङ र नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–१ का २५ वर्षीय प्रहरी जवान किरण तामाङलाई भालुले आक्रमण गरेको थियो।

आक्रमणबाट बिर बहादुर थिङ गम्भीर घाइते भएका छन्। उनको टाउको गम्भीर चोट लागेको छ। घाइतेको रसुवागढी जलविद्युत आयोजनामा रहेको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार गरिएको छ।

 

प्रकाशित: १५ मंसिर २०७६ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App