१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

हत्या अभियोगमा जन्मकैदको फैसला

ओखलढुंगा- दाङका एक युवालाई ओखलढुंगा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ। मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्या अभियोगमा पक्राउ परेका दाङको भालुवाङका ३७ वर्षीय संजित कुमार थापालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

थापाले कार्कीको घर मोलुङ गाउँपालिका हर्कपुरमै आएर २०७५ भदौ ५ गते हत्या गरेका थिए। जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलाशले कर्तव्य ज्यान मुद्दामा कसुर ठहर गर्दै थापालाई २५ वर्ष कैद सजायको फैसला गरेको श्रेस्तेदार नेत्रबन्धु पोड्यालले जानकारी दिए। दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी श्रीमतीसँगको सम्बन्धका कारण नेपाल आएर कार्कीको हत्या गरेका हुन्।

थापाले घरमा एक्लै भएको समयमा कार्कीलाई खुकुरी प्रहार गरि हत्या गरेका थिए। ओखलढुंगामा कार्कीको हत्या गरी भागेका थापालाई २०७५ भदौ १२ गते दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको थियो। उनले फेसबुकमा राखेको स्टाटसको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। भदौ १३ गते ओखलढुंगा प्रहरीले बझुरे १४ गते थापाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।

प्रहरीले क्रुर अमानविय तवरले यातना दिएर हत्या गरेको कसुरमा थापाविरुद्ध आजिवन कारावासको सजाय माग दाबी गरेको थियो। क्रुर तरिकाले कार्कीको हत्या नगरेको तर आरोपितले अभियोग स्वीकारेकाले जन्म कैद (२५)वर्ष कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको ओखलढुंगा जिल्ला अदालतले जनाएको छ।

अनुसन्धानका क्रममा थापाले कार्कीको हत्या गरेको स्वीकार गर्नुका साथै आवेशमा आएर हत्या गरेको बयान दिएका थिए। कार्की अध्ययनका लागि लामो समयदेखि काठमाडौं बस्दै आएका थिए ।

प्रकाशित: १३ मंसिर २०७६ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App