१६ चैत्र २०८० शुक्रबार
समाज

एक महिला र दुई बालिकाको हत्या गर्ने पक्राउ

गुल्मी- गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राति कास्कीबाट २ जनालाई पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार बागलुङको गल्कोट नगरपालिका–८ थाले पोखराका माधव सुनार र पूर्णबहादुर सुनार पक्राउ परेका हुन्। घटनामा संलग्न एक जना फरार छन्।

हर्राचौरको चौराली पोखराको जंगलमा कात्तिक १६ गते दुई बालिकासहित एक महिलाको विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव फेला परेको थियो। मृतक तीनै जनाको पहिचान खुलेको छैन। पक्राउ परेकाको प्रारम्भिक बयानमा उनीहरु कानेपोखरी गाउँपालिका–३ कानेपोखरी मोरङका रहेको जानकारी खुलेको छ।

पक्राउ परेकालाई थप सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले पक्राउ परेका दुवै जनालाई गुल्मी ल्याएपछि थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए।

 

प्रकाशित: २८ कार्तिक २०७६ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App