नेकपा एमालेका नेता विष्णु रिजालले आगामी चुनावबाट पनि बहुमतको सरकार नबने मुलुक फेरि राजनीतिक अस्थिरताको दुश्चक्रमा घुमिरहने बताएका छन्।
उनले अब हुने चुनावबाट पनि बहुमतको सरकार नबने मुलुकको ध्यान आर्थिक विषयमा केन्द्रित हुन नपाउने, सरकार बनाउने र जोगाउनेमै जाने भनाइ राखे। '२०८२ भदौ २३–२४ को घटनाबाट देशमा ८२ अर्बको क्षति (निजी सम्पत्तिबाहेक) भएको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ। चुनावमा थप ३० अर्ब खर्च हुँदैछ,' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'विदेशीसँग मागेर बजेट बनाउनुपर्ने देशमा यति ठूलो क्षति अपुरणीय छ र यसले मुलुकको विकासलाई कैयौँ वर्ष पछाडि धकेलेको छ।'
यस कारण चुनावबाट बहुमतको सरकार बनाउन नेकपा (एमाले) लाई विजयी गराउन उनले आग्रह गरे।
प्रकाशित: १४ माघ २०८२ ०७:२७ बुधबार




