६ वैशाख २०८१ बिहीबार
समाज

जिपकाे ठक्करबाट वृद्धकाे मृत्यु

गुल्मी- जिपको ठक्करबाट शुक्रबार एक जना वृद्धको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधारामा लु १ ज १७१२को जिपको ठक्करबाट सोही ठाउँका ७३ वर्षीय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताए। 

ब्याक गर्नेक्रममा घर्तीलाई जिपले ठक्कर दिएको थियो। जिपको ठक्करबाट घाइते भएका घर्तीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले बताए।

प्रकाशित: २२ कार्तिक २०७६ १४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App