२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

‘शिक्षक अस्पताल’ काे व्यवस्था गर्न महासंघको माग

काठमाडौं - नेपाल शिक्षक महासंघले ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ। नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षक अस्पतालको छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको हो। आर्मी अस्पताल, नागरिक अस्पताल भएजस्तै शिक्षकहरुको पनि छुट्टै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरिएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए।

महासंघले शिक्षकहरुको दरबन्दी मिलान, उनीहरुलाई निजामती कर्मचारीहरुको भन्दा बढि सेवा, सुविधासहितको तलवको व्यवस्था गर्न पनि सरकारलाई दवाव दिएको छ। शिक्षण पेशालाई मर्यादित बनाउन पनि सरकारले उनीहरुको सेवा, सुविधा वृद्धिमा विशेष व्यवस्था गर्नुपर्ने माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई दवाव दिइएको महासंघका अध्यक्ष थापाले बताए।

प्रकाशित: ७ आश्विन २०७६ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App